सामुदायिक विद्यालयमा आकर्षण

पनौती । काभ्रे पनौती-८ स्थित भालेश्वर मावि कुनै बेला विद्यार्थी कम भएर बन्दै हुने अवस्थामा पुगेको थियो । उक्त विद्यालयमा अहिले निश्चित विद्यार्थी मात्रै भर्ना हुन पाउँछन् । जिल्लाकै नमुना विद्यालयका रूपमा चिनिन थालेको छ ।

शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकारको सक्रियताका कारण विद्यार्थीको संख्या ह्वात्तै बढेको प्रधानाध्यापक रामचन्द्र थापाले बताए । ‘कतिपय निजी विद्यालयले समेत अनलाइन कक्षा सञ्चालन गर्न नसकेको अवस्थामा हामीले अनलाइन कक्षा सञ्चालनमा ल्यायौं। त्यहीँबाटै कक्षाकार्य र गृहकार्यको चेकजाँच र परीक्षा लिने व्यवस्था मिलायौं । त्यसपछि निजी विद्यालय समेत छाडेर विद्यार्थी आए ।’

संख्या बढेसँगै गुणस्तर पनि सुधार भइरहेको छ । ‘अहिले ७ सय ७७ जना विद्यार्थी अध्ययनरत छन् । यो वर्ष सयभन्दा बढी विद्यार्थी थेग्न नसकेर फर्काउनुपर्‍यो,’ प्रअ थापाले भने, ‘अघिल्लो वर्षमा भन्दा १ सय ५० जना बढी भर्ना लियौं ।’

पनौतीका अन्य सामुदायिक विद्यालयमा पनि विद्यार्थीको संख्या बढेको छ । श्वेतगणेश आधारभूत विद्यालयमा यो शैक्षिक सत्रमा ७० जना नयाँ विद्यार्थी भर्ना भए । आकर्षक विद्यालय भवन, अनुभवी शिक्षक, दिवा खाजा अनि गुणस्तरीय शिक्षा प्रदान गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । -अन्नपूर्ण पोष्ट दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ बढी देशका लगानीकर्ता सहभागी

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

प्रतिकृया दिनुहॊस