काठमाडाैँ । देशका बिभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । उदयपुर, सप्तरी, दाङ, बैतडी, बर्दिया र कैलालीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उदयपुरको कटारी नगरपालिका–२ माझिटोलस्थित कमला खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१२ मसानघाट नजिक कोशी नदीको छेउमा जमेको पानीमा तिलाठि कोईलाडि गाउँपालिका–५ बनरझूल्ला बस्ने ५० वर्षीया रिता देवी साह शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
दाङको घोराही उपमहानगरपालिका–३ स्थित गोग्ली सोता खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित महाकाली नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा ६२ नम्बर चोकमा सोही ठाउँ बस्ने ४६ वर्षीय राम प्रसाद तिवारी शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २३ वर्षीय रमेश चौधरी सोही ठाउँस्थित खुटिया नदी नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।




