नेपालमा आज १४७ जनामा कोरोना संक्रमण पुष्टि, ८४५ जना संक्रमणमुक्त

नेपालमा थप १४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। १ हजार ४४६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा ३२७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ८ सय ४५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। नेपालमा कूल संक्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भइसकेका छन्।

आज थप १ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा ११ हजार २७८ जनाको मृत्यु भइसकेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after