क्रिकेटर विनोद भण्डारीले गरे विवाह

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद भण्डारी विवाह बन्धनमा बाँधिएका छन् । विनोदले शुक्रबार सञ्चारकर्मी सोनिका अर्यालसँग विवाह गरेका हुन् ।

उनीहरूले असोज ६ गते ‘इन्गेजमेन्ट’ गरेका थिए । दायाँ हाते ब्याट्सम्यान विनोद त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । विनोद र सोनिका चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

महेन्द्रनगरका ३२ वर्षीय विनोदले २५ जनवरी २०१९ मा युनाइटेड अरब इमिरेट्सविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले २००९ मा एसीसी ट्वान्टी–२० कपमा कुवेतविरुद्धको खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उक्त खेलमा विनोदले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए ।

उनले १६ मार्च २०१४ मा हङकङविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । विनोदले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई अर्ध शतकसहित ३१९ रन बनाइसकेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक अर्ध शतकसहित २२५ रन बनाइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस