मेसी र नेइमार बिना पिएसजी विजयी, एम्बाप्पेले गरे निर्णायक गोल

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एन्गर्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले किलियन एम्बाप्पेको पेनाल्टीको सहयोगमा एन्गर्समाथि २-१ गोल अन्तरले विजयी भएको हो ।

आफ्ना महत्वपूर्ण खेलाडीहरु लियोनेल मेसी, नेइमार बिना खेलेको पिएसजीका लागि डानिलो पेरेइरा र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै एन्गर्सका लागि एन्गेलो फुलगिनीले एक गोल गरेका थिए ।

एन्गर्सले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता लिएकोमा पिएसजीले खेलको ६९औ मिनेटमा बराबरी गोल गरेको थियो । त्यसपछि पिएसजीले पाएको पेनाल्टीलाई एम्बाप्पेले खेलको ८७औ मिनेटमा गोल गर्दै पिएसजीलाई जिताएका थिए ।

यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको १० खेलमा २७ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै एन्गर्सको भने १० खेलमा १६ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस