पिङ थाप्ने क्रममा लड्दा एक जनाको गयो ज्यान

काठमाडाैँ । मकवानपुरको भीमफेदी गाउँपालिकामा पिङ थाप्ने क्रममा लडेर एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–६ माण्डुमा पिङको लठ्ठा बाँध्ने क्रममा लड्दा त्यही ठाउँका ५३ वर्षका प्रेम लामाको ज्यान गएको हो ।

हिजो बेलुका ६ बजे लडेका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा गएराति १० बजे ज्यान गयो प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री