महेश बस्नेतले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । गृहमन्त्री खाँणको गृह जिल्ला रुपन्देहीमा ४ सर्वसाधारणको प्रहरीको गोलीबाट  मृत्यु भएपछि नेता बस्नेतले राजीनामा मागेका हुन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले दशैको मुखमा गृहमन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्वासीको गोली हानी हत्या गरेको आरोप लगाउँदै सरकार सुकुम्वासी विरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘परमादेश पाएर सरकार बन्नासाथ  भूमिहीन सुकुम्वासी आयोग भङ्ग गर्‍यो । दशैको मुखमा गृह मन्त्रीको आदेशमा उनकै गृह जिल्लाका ४ जना सुकुम्वासीको गोली हानी हत्या गरेको छ  । दर्जनौँ घाइते बनाएको छ । यो सरकार सुकुम्वासी विरोधी मात्र होइन हत्यारा समेत हो भन्ने पुष्टि भएको छ । उद्योग मन्त्री गजेन्द्र हमाल जत्तिको नैतिकता देखाएर राजीनामा दिने आँट गृह मन्त्री बाल कृष्ण खाडसँग छ कि छैन ? नत्र कुन मुखले त्यही क्षेत्रमा चुनावमा भोट माग्न जाने हो ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री