चाडपर्वको उपलक्ष्यमा ‘फोर्ड नेपाल’ को रोडसाइड असिस्टेन्स योजना

फोर्ड नेपाल (जि.ओ अटोमोवायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । फोर्ड नेपालले देशभरी फैलिएको नेटवर्क सञ्जाल मार्फत राजमार्गको कुनैपनि भागमा फोर्ड गाडीमा समस्या भएमा एक टेलिफोन कलको माध्यमबाट सेवा प्रदान गर्नेछ।

आउँदो दशैँ र तिहारलाई मध्यनजर राख्दै आफ्ना ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो। दशैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरुको महान चाडको संस्कृतिमा रमाउँछन् ।

फोर्ड नेपालको प्रतिनिधिसँगको कुराकानीको सन्दर्भमा— यस चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ ।

“फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस