हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

काठमाडौँ । हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । राजापुर १० का ३५ वर्षीय बेचन दहितको बिहान साढे ६ बजे हात्‍तीको आक्रमणबाट मृत्‍यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधवराज शर्माले जानकारी दिए ।

उनकाअनुसार झप्तिस्थित गेरुवा कर्णाली नदी किनार छेउ बाटोमा घरदेखि १ किमी पूर्व ज‌ंगलमा उनलाई बिहानै हात्‍तीले आक्रमण गरेको हो । घटनापश्‍चात प्रहरी निरीक्षकको कमाण्‍डमा पाँच जनाको टोली खटाइएको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री