बेलायतले नेपाललाई ‘रेडलिस्ट’ बाट हटायो

काठमाडौँ । बेलायत सरकारले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातो सूचीमा राखेको बेलायतले उक्त सूचीबाट हटाएको हो ।

अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । अब बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री