सत्ता गठबन्धन दलहरूकाे बैठक: शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना

प्रमुख सत्ता साझेदार दलले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल केन्द्रित गरेको बताइएको छ।

सत्ता गठबन्धनका शीर्ष नेताबीचमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा छलफल भएको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ। सोही बैठकले मन्त्रिपरिषद्मा सहभागी हुनेको नामावली चयन गर्ने बताइएको छ। जसपा पनि आन्तरिक छलफलमा रहेको छ।

माओवादीले बुधबार नै मन्त्रिपरिषदमा सहभागी हुनेको नामावली टुङ्गो लगाइसकेको छ। माओवादीले देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरिसकेको छ ।

अन्य दलका तर्फबाट पनि आवश्यक निर्णय गरेर नामावली प्राप्त भएपछि सम्भवतः शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस