दशैं बिदामा चार घण्टा सर्वोच्च अदालत खुल्ने

काठमाडाैँ । सर्वोच्च अदालत दशैँ बिदाको समयमा चार घन्टा खुला हुने भएको छ । दशैँको समयमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको हो ।

सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दशैँको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । घटस्थापनादेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ अनुसार सो अवधिमा बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ गर्न लागिएको हो ।

सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठकले दशैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने र त्यसका लागि न्यायाधीशहरू तोक्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री