नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।
अध्यक्ष श्रेष्ठले सपथग्रहण पश्चात आजै बैंक अध्यक्षको पद बहाली गरे। उनलाई बैंकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरे।
श्रेष्ठलाई आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो।
श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए।
तपाईंको प्रतिकृया




