इसेवाको चाडपर्व अफर

काठमाडौं ।इसेवाले नेपालीको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ।

योजनाअनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ।

यस्तै बम्पर उपहारमा रु. १०० मा स्कुटर योजनामा एकजना भाग्शाली विजेताले स्कुटर जित्न सकिनेछ।

स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ।

यस्तै साप्ताहिक रुपमा एकजना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेन्ड मनी दसैँ क्याम्पेनमा ५०० जनाले रु. ५०० र सेन्ड मनी तिहार योजनामा पनि ५०० जनाले नै रु. ५०० डिजिटल दक्षिणा प्राप्त गर्नेछन्।

यस्तै फ्ल्यास अफरअन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा रु. ५० सम्मको क्यासब्याक पाउन सकिनेछ।

यो योजना ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म लागू हुनेछ।

यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एकजना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्।

यो योजना २८ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म लागू हु्नेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । …

प्रतिकृया दिनुहॊस