हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवी समुहको आर्थिक सहयोगमा गठित उदयपुर जिल्ला, चौडण्डीगढीको कटरवोटेमा रहेको दिदी बहिनी कृषक समूहलाई फोटोकपीसहितको एक थान प्रिन्टर खरिद गरी हस्तान्तरण गरेको छ।
सो संस्थाले करिब एक दशकदेखि त्यसक्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ। तर सो स्थान निकै नै विकटमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरुसमेत छाप्न निकै समस्या भएकाले समाजसेवी समूहको आवेदन अनुसार दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको हो।
बैंकका तर्फबाट बैंकका महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबिच उक्त सहयोग हस्तान्तरण गरे । सो समारोहमा बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो।
तपाईंको प्रतिकृया



