काठमाडौं । आइतबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोला ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रहेको छ ।
त्यसैगरी आइतबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया



