सोमपाल र कुशललाई जरिवाना

काठमाडौँ । जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सका कप्तान सोमपाल कामी र ललितपुर प्याट्रियटर्सका कप्तान कुशल भुर्तेललाई जरिवाना लगाइएको छ ।

कुशललाई शुक्रबार सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध स्लो ओभर रेटको कारण १० प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ । त्यस्तै कुशल बाहेक ललितपुर प्याट्रीयट्सको प्लेइङ–११ का अन्य १० खेलाडीलाई २ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ । त्यसैगरी सोमपाल कामीलाई भने २५ प्रतिशत म्याच फिस जरिवाना लगाइएको छ ।

बिहीबार सम्पन्न खेलमा सोमपालले काठमाडौं किंग्स इलेभेनविरुद्ध अम्पायरको निर्णयमा असमति जनाउँदै आक्रोश ब्यक्त गरेका थिए । जसको कारण म्याच फिसको २५ प्रतिशत रकम जरिवाना लगाइएको छ भने एक डेमिरेट अंक पाएका छन् । सो खेलमा चितवनले काठमाडौंलाई ३ विकेटले पराजित गरेको थियो ।

स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कुशल यस सिजनको इपिएलका दोस्रो कप्तान हुन् । यस अघि बिहीबार काठमाडौंका कप्तान सन्दीप लामिछाने चितवन टाइगर्सविरुद्ध एक ओभर स्लो ओभर रेटका कारण १० प्रतिशत म्याच फिस जरिवाना लगाइएको थियो भने टिमका बाँकी खेलाडीलाई २ प्रतिशत जरिवाना लगाइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री