शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला ९ सयले बढेर ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोला ८८ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रहेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला ११४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री