पत्रकार पूर्णिमा श्रेष्ठद्वारा धवलागिरी हिमालको सफल आरोहण, बनाइन् यस्तो रेकर्ड

काठमाडौं । पत्रकार पूर्णिमा श्रेष्ठले संसारको सातौं अग्लो शिखर धवलागिरी हिमालको सफल आरोहण गरेकी छन् । श्रेष्ठले आज बिहान म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने ८,१६७ मिटर अग्लो धवलागिरी हिमालको सफल आरोहण गरेकी हुन् ।

उनी धवलागिरी आरोहण गर्ने पहिलो नेपाली महिलासमेत बनेकी छन् । धवलागिरीमा विदेशी महिलाले सफल आरोहण गरे पनि नेपाली महिलाले भने आरोहण गर्न सकेका थिएनन् । काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै धवलागिरी हिमाल आरोहणमा लागेकी थिइन् ।

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ बजे धवलागिरीको सफल आरोहण गरेका जानकारी दिए । धवलागिरीमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको कुनै रेकर्ड नभएको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री