अभ्यास खेलमा नेपाल ओमानसँग ७-२ ले पराजित

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारीमा हाल कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँगको अभ्यास खेलमा ७–२ को हार बेहोरेको छ ।

नेपाल पहिलो हाफमा २–१ ले पछाडि रहेको थियो भने दोश्र हाफमा ५ गोल खादै एक गोल फर्काएको थियो । नेपालका लागि आयुष घलान र अनन्त तामाङले एक एक गोल गरेका थिए ।

अब नेपाली टिम साफ च्याम्पियनसिप खेल्न आज माल्दिभ्सको माले जादै छ । साफमा नेपालले उद्घाटन खेल आगामी शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्दै छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री