धुलिखेलमा टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको गयो ज्यान

काठमाडाैँ । काभ्रेको धुलिखेलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । अरनिको राजमार्गमा पर्ने धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश–३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेको पाँचखाल घर भएका ३३ वर्षीय सुमन रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार रेग्मी पाँचखाल नगरपालिका–११ का स्थायी बासिन्दा हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री