राष्ट्रपतिद्वारा ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छिन्। राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक प्रमाणीकरण भएको हो। नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले आजै सो विधेयक प्रमाणित गरि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। विनियोजन विधेयक पारित नहुँदा मुलुक ‘बजेट होलिडे’मा परेको थियो। प्रतिनिधिसभाले असोज ४ गते विनियोजन विधेयक पारित गरेको थियो।

राष्ट्रियसभाले आजै सो विधेयक पारित गरेको थियो। राष्ट्रियसभाले विधेयक पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो। त्यससम्बन्धी जानकारी सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीले सदनलाई गराएका थिए।

विधेयक पारित हुन नसक्दा गत भदौ ३० गते मध्यरातदेखि सरकारले खर्च गर्न पाएको थिएन। राजस्व उठाउन पाए पनि खर्च हुन नसक्दा त्यसको प्रभाव राज्यका हरेक क्षेत्रमा परेको थियो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित नभएपछि केही दिन सरकारले खर्च गर्न नपाउने अवस्था आएको बताएका थिए। विधेयकमा लालमोहर लागेकाले सरकारलाई खर्च गर्ने बाटोसमेत खुलेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस