ग्याँस लिक हुँदा घरमा आगलागी, घाइते खनाल दम्पत्तिको मृत्यु

काठमाडाैँ । सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते दम्पत्तिको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो ।

खनाल दम्पत्तिको तीन घण्टाको फरकमा मृत्यु भएको छिमेकी कमल पोखरेलले जानकारी दिएका छन् । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ । उनी डिस्चार्ज हुने तयारीमा छन् । भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । घटनामा परिवारका चार जना घाइते भएका थिए ।

घरमुली मंगलादेवी सामान्य घाइते थिइन् भने अरुको अवस्था गम्भीर थियो । घर जलेपछि खनाल परिवार यतिबेला छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ । छिमेकी पोखरेलका अनुसार खनाल दम्पत्तिको काठमाडौंमै अन्त्येष्टि गर्ने तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस