बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको गयो ज्यान

काठमाडौँ । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर तीन जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार मृतक तीनै जना एकै परिवारका हुन् । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो ।

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री