तनहुँको मुसेखोलामा ट्रक पल्टियो, एक जनाको मृत्यु

काठमाडाैँ । तनहुँमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका १२ मुसेखोला पुल नजिक डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिएको हो ।

ट्रकमा सवार २ जनामध्ये ट्रक चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । नवलपुरको कावासोती बस्ने १४ वर्षका राजकुमार बिक घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ ।

उनको दुवै खुट्टामा र बायाँ  हातको कुइनोमा चोट लागको र अवस्था सामान्य रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस