काठमाडौं । मेगा बैकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।
मेगा क्यापिटल मार्केट्स, मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उवासंघबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको छ।
धादिङस्थित एक समारोहका बीच सम्झौतापत्रमा मेगा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकको लघु तथा कृषि कर्जा विभागका प्रमुख पुण्यप्रसाद खनिया, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा र धादिङ उवासंघका कार्य समिति सदस्यसुमन घरेलले हस्ताक्षर गरेका छन्।
अब त्रिपुरासुन्दरी गाउँपालिका तथा धादिङ उवासंघसँग आबद्ध उद्योगव्यवसायीलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ।
मेगा क्यापिटलले धादिङ उवासंघसँगको सहकार्य तथा सिफारिसमा उद्यमीव्यवसायीहरुको कम्पनी दर्ताका लागि आवश्यक कागजात तयार गरिदिने र आवश्यकताअनुसार वित्तीय सल्लाह गर्ने छ ।
प्रतिकृया दिनुहॊस