धनगढी । कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




