युरोपको ख्यातिप्राप्त Terra Payment Services र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार सुरु भएको छ।
Europe मा रहेका नेपालीहरुले Terra Pay को सेवा प्रयोग गरी Europe तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ। साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिनेछ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Terra Pay का तर्फबाट सहसंस्थापक Ani Sane ले हस्ताक्षर गरेका छन्।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।




