काठमाडौँ । अमेरिकाको ओहायो राज्यको आक्रन सहरस्थित एक घरमा भएको आगजनीमा ५ जना नेपाली नेपाली भाषीको मृत्यु भएको छ । १९ न्युजले उल्लेख गरेअनुसार सोमबा भएको आगलागीमा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको हो ।
उनीहरु नेपाली भाषी भुटानी भएको बताइएको छ । आगलागीमा ४ जना घाइते भएको जनाएका छन् । आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर सङ्ख्यामा सोमबार बिहान १२ः५० मा आगो लागेको हो । उनीहरू पढ्ने विद्यालय आर्कन सरकारी विद्यालयका प्रवक्ताका अनुसार ५ वर्ष, ११ वर्ष र १६ वर्षका विद्यार्थीको मृत्यु भएको छ ।
६० वर्षीय पुरुष तथा ४८ वर्षीय महिला पनि आगलागीमा मृत्यु भएको हो । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरू बस्थे भनी बताएका छन् । मृतकका नातेदार यम सुब्बा भने व्यक्ति कोलम्बसबाट आर्कन आएका छन् ।
तपाईंको प्रतिकृया




