प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको छ। बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।
संघीय संसद सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसअघि तीन पटक बसेका बैठकहरू एमालेले अवराेध गर्दै आएकाे छ। आजकाे बैठक पनि संचालन हुन सक्ने सम्भावना भने कमै रहेकाे छ।
तपाईंको प्रतिकृया




