एकीकृत समाजवादीद्वारा वाग्मतीमा नयाँ सरकार बनाउन राजेन्द्र पाण्डेलाई जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ। पार्टीको आज बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ।

आज बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ। खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकासमन्त्री बनाएकी थिइन्। उनले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गरेका थिए भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिएका थिए।

आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मतरूपमा चयन गरेको नेकपा(एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिए। संसदीय दलको हिजो बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बागमती …

प्रतिकृया दिनुहॊस