काठमाडौं । सानिमा बैंक र नेपालमा सामसुङको आधिकारीक विक्रेता रहेको आइएमएस नेपालबीच सम्झाैता भएको छ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफोनहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शुन्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि-बुकिङ्ग गर्न सक्नेछन् ।
ग्राहकहरुले यस प्रि-बुकिङ्ग आकर्षक उपहारहरु पनि प्राप्त गर्नेछन् ।
भदौ २० गतेबाट प्रि-बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि-बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजस्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेको आधिकारिक आउटलेटबाट गर्न सकिनेछ ।
तपाईंको प्रतिकृया




