पौडेलले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

काठमाडौँ । डडेल्धुरा विवादबारे काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको भेला बोलाएका छन् । सोमबार दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका हुन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी ढङ्गले विवादकैबीच गृह जिल्ला डडेल्धुरामा अधिवेशन गराएकाे पौडेलकाे जिकिर छ । त्यसबारे छलफल गर्न उनले केन्द्रीय सदस्यसहितको आफूपक्षीय नेताहरूको भेला बोलाएकाे पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

२५ भदौमा डडेल्धुरामा अधिवेशन भएको थियो । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गरी ती जिल्लामा वडा अधिवेशन गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप