मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । अहिले गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ ।

तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २८ गते (सोमबार)

दिउँसोदेशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २९ गते (मगलबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ भाद्र  ३० गते (बुधबार)

दिउँसोदेशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य बदली रही प्रदेश न १  प्रदेश २ र वागमती प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका केही भूभागमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस