काठमाडाैँ । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । लम्कीचुहा नगरपालिका-९, वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बिहान निधन भएको हो ।
रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्याइएको थियो । पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका उनी कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान् नेता थिए । उनका श्रीमती तीन छोरा र तीन छोरी छन् ।
तपाईंको प्रतिकृया




