सत्ता गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा मन्त्रिपरिषद विस्तार तथा संसदमा जारी प्रतिपक्षको अवरोधबारे छलफल हुने बताइएको छ । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको मन्त्रिमण्डलमा अहिले चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवाको आलोचना भइरहेको छ ।

यसअघिको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले दलका शीर्ष नेताहरुसँग पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीको नाम मागेका थिए । तर, दलहरुले नाम उपलब्ध गराउन सकेका छैनन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समानवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । अहिले संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा नेकपा एमाले छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

६२ लाख रकमसहित तीन भारतीय पक्राउ

काठमाडौं । स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ …

प्रतिकृया दिनुहॊस