एमाले स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज  बिहान बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ जब बस्ने भएको हो ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए । एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपरान्ह ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस