काठमाडाैँ । विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले आफ्नो अपराजित यात्रा आठौं खेलसम्म पनि कायम राखेको छ । उसले शुक्रबार बिहान भएको खेलमा पेरुमाथि २–० को जित दर्ता गरेको हो ।
ब्राजिललाई जित दिलाउन एभर्टन रिबेरियो र नेइमारले गोल गरे । खेलको १५ औँ मिनेटमा रिबेरियोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ४० औँ मिनेटमा नेइमारले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा २–०को अग्रता बनायो । दोस्रो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् ।
यो नतिजासँगै ८ खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल २४ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेलबाट ८ अंक जोडेको पेरु सातौं स्थानमा छ ।
तपाईंको प्रतिकृया




