कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरा जाँदै

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । अध्यक्ष ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि पोखरा जान लागेका हुन् ।

गत २ जेठमा राष्ट्रपति विद्या भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गरेलगत्तै एमाले विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ ।

पार्टी विभाजनपछि एमालेले देशैभरी कार्यकर्ता भेला र प्रशिक्षण आयोजना गरिरहेको छ । पोखरामा हालसम्म माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा कोही जनप्रतिनिधि र नेताहरु खुलेका छैनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री