काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ ।
मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ ।
यसअघि दुई चरण गरी ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।
प्रतिकृया दिनुहॊस