पाल्पामा घर भत्किँदा १० वर्षीया बालिकाको मृत्यु

काठमाडाैँ । अविरल वर्षाका कारण घर भत्किँदा  बिहान पाल्पामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी छिन् ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गए राति साढे दुई बजेको समयमा एक तले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडि तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री