काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् । काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जनाको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई शनिबार थप सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ । साथै काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि बताएको छ ।

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री