खोटाङ ।खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।
गत ९ गते दिउसो घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा बिहीबार बिहानको घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात अनुसन्धान गर्ने क्रममा प्रहरीले मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको भनि प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया



