काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (समाजवादी एकीकृत) का अध्यक्ष माधव कुमार नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको बताएका हुन् ।
उनले दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले)लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको बताएका छन् । लामो समय नेता नेपालको निकट रहेर काम गरेका रावलले नेपालविरुद्ध अभिव्यक्ति दिन शुरु गरेको यस घटनालाई पनि कौतुहलताका साथ हेरिएको छ । नेता नेपालले विहिबार पत्रकार सम्मेलन गर्दै एमालेलाई अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी बनाएको आरोप लगाएका थिए ।
उनले भनेका छन्-
‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले)लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो । अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’




