माधव नेपाललाई बाबुरामको प्रस्ताव- अब समाजवादको मोडलबारे बहस गरौं

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई नेताहरुको व्यवस्थापन र सत्तामा मात्रै चासो नराख्न सुझाब दिएका छन् ।

एकीकृत समाजवादीले बुधबार निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत् अध्यक्ष नेपाललाई बधाइ दिँदै उनले यस्तो सुझाब दिएका हुन् । नेता भट्टराईले देशमा वैचारिक राजनीतिक विमर्शको सट्टा पार्टीहरु नेताहरुको व्यवस्थापनमा मात्रै लाग्न थालेको बताएका छन् ।

‘एकीकृत समाजवादीले औपचारिक मान्यता प्राप्त गरेकोमा वधाइ !,’ नेता भट्टराईले माधव नेपालाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘देशमा वैचारिक–राजनीतिक विमर्श सट्टा पार्टीभित्र नेताहरूको व्यवस्थापन र सत्ताभागेदारी मात्र चासो र वहसको विषय बन्दै गरेको दुःखद सन्दर्भलाई चिर्दै देशका समस्या समाधान गर्ने नया‘ समाजवादको मोडेलवारे विमर्श होस् !’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री