बजाजको दशैँ अफर, ३ पटक खुसीको डोज

काठमाडौं ।बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले,, किन्ने बेला  किनी सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद, खरीदको दौरानमा १ लाखसम्म र किनेपछि बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यस अफर घोषणा गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका  प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए । उनले भने ‘ बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले “बजाज खुसी को ३ डोज” अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरु दिनको लागी समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् । ‘

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस