नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

डिलाशैनी गाउँपालिकामा एक महिलाले नवजात शिशुको हत्या गरेकी छन् ।

वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप