आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ । आज नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा मनाउने प्रचलन काठमाडौं उपत्यकामा बढी छ । यद्यपि नेवार समुदायको बसोवास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहास छ ।

जात्रा परिक्रमा गर्दा गराउँदा तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने चलन छ । गाईजात्राको अवसरमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरी मनाउने चलन पनि छ ।

सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाे छ । देशका विभिन्न ठाउँमा गाईजात्रा मनाइने भए पनि कोरोना भाइरसको संक्रमणबाट बच्न भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ। गाईजात्रा मनाउन उपत्यकामा सार्वजनिक विदा दिइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री