काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारको पहल थाल्न निर्देशन दिएका छन् । अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न चौतर्फी दबाबपछि गृहमन्त्री खाणले सक्रियता बढाएका हुन् ।
सोमबार उनले चारै सुरक्षा निकायका प्रमुख तथा मन्त्रालयका प्रशासनिक नेतृत्वसँग छलफल गरेका छन् । छलफलमा उनले नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्काउने पहल थाल्न निर्देशन दिएका छन् । आजको छलफलमा गृह, परराष्ट्र, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय सचिव पनि सहभागी थिए ।
तपाईंको प्रतिकृया




