काठमाडौँ । अहिले देशभर बदली रही प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले बदली भइरहेको हो ।
दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश नं १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै नदीनाला र खहरे खोला आसपासमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहॊस